दमकमा कोरोना संक्रमित अस्पताल भर्ना दर फेरी बढ्यो
दमक/ फेरी दमकका अस्पतालहरुमा कोरोना संक्रमित विरामी भर्नादर बढेको जनाईएको छ । दमक नगरपालिकाद्धारा सञ्चालित कोभिड उपचार केन्द्र, दमकस्थित आम्दा अस्पताल र लाईफलाइन अस्पतालमा संक्रमित भएर उपचारमा आउनेको संख्या केहि दिन यता बढ्दो दरमा रहेको बताईएको छ ।
जिल्लाकै सवैभन्दा बढि कोरोना संक्रमित रहेको नगर दमक बनेको छ । दूई साता अघि कोरोना संक्रमितहरु अस्पताल भर्ना हुने दर घटेको थियो । अहिले अचानक बढ्दै गएको सम्बन्धित अस्पतालहरुले जनाएकाछन् ।
