दमकमा यो उखुम गर्मिमा झ्याप्पझ्याप्प बिजूली जाँदा सास्ति, झिपिकझिपिक लाइन आउने जाने कार्यले गर्दा दिक्दार !
दमक/ आज मध्यान्हदेखि नै बारम्बार रुपमा विजुली काँटिदा जनजिवन प्रभावित भएको छ । उखुम गर्मिमा विजूली नहुँदा विद्यूत प्राधिकरण र सरकारप्रति जनमानसको आक्रोस सामाजिक सञ्जालमा पोखिएको छ ।
अझ बेलुकाखेर बारम्बार झिपिकझिपिक लाइन आउने जाने कार्यले गर्दा दिक्दार लाग्दो अवस्था छ । के कारणले यस्तो भएको हो भन्ने जानकारी बिद्यूत उपभोक्तालाई छैन भने विना जानकारी विजूली काटिदा आक्रोश बढेको पाईन्छ ।
