२०७८ साउन १९, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ हप्ता अगाडि

झापा । मोटरसाइकलको ठक्करबाट गौरादहमा एक पैदलयात्रीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। गौरादह नगरपालिका–३ का ७२ वर्षीय चेतबहादुर दाहाललाई सोमबार राति मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। उनको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। अन्य घाइतेको दमक र विराटनगरका अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए।

प्रहरीका अनुसार गौरादह बजार उत्तर सडकखण्डमा पैदल हिँडिरहेका दाहाललाई प्र १०१–०१२ प ५९९० नम्बरको मोटरसाइकलले सोमबार साँझतिर ठक्कर दिएको थियो। दुर्घटनामा परेर दाहालसँगै रहेका गौरादह–३ का मोहन उप्रेती पनि सामान्य घाइते भएको थियो। ठक्कर दिने मोटरसाइकल चालक गौरादह–४ का २८ वर्षीय भरत रिजालको विराटनगरस्थित न्यूरो अस्पताल र त्यसमा सवार सोही वडाका २६ वर्षीय रविन पौडेलको भने लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस