कोरोना संक्रमणबढेपछि झापाको कन्काई नगरपालिका पनि सिल
दमक/समुदायस्तरमा कोरोना संक्रमितको संख्या बढेपछि झापाको कन्काई नगरपालिका सिल हुने भएको छ । यसभन्दा अघि झापाकै बुद्धशान्ति गाँउपालिका सिल भएको थियो ।
नगरस्तरीय कोरोना भाइरस नियन्त्रण समिति कन्काईको शुक्रबार बसेको बैठकले नगरका ९ वटै वडा शनिबार राति १० देखि श्रावण १६ गते राति १० बजेसम्म ‘सिल’ गर्ने निर्णय भएको नगर प्रमुख राजेन्द्रप्रसाद पोखरेलले जानकारी दिए ।
नगर क्षेत्र भित्रका अत्याआश्यक बस्तु बाहेक सबै पसलहरु बन्द गर्ने नगरपालिकाले निर्णय गरेको पनि उनको भनाई छ । हिजोबाट बुद्धशान्ति गाँउपालिकाले सिल भएको छ भने अर्जुनधारा नगरालिकाको अर्जुनधारा बजार पनि सिल हुँदैछ ।
