२०८३ कार्तिक ४, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ कोरोना संक्रमणको हटस्पट बनेको दमकमा कडाभन्दा कडा लकडाउन गर्न माग उठ्न थालेको छ । झापाको कन्काई र बुद्धशान्तिले सम्भावित जोखिमलाई ख्याल गर्दै नगरलाई पुर्ण सिल गर्दै लकडाउनको निर्णय गरिसकेकाछन् ।

लकडाउनमात्र समस्याको सामधान नभएपनि खोपको शुनिश्चितता र आधारभूत स्वास्थ्य मापदण्ड समेत पालना नदेखिएकाले कडाभन्दा कडा लकडाउन बाहेक अन्य अहिले केहि पनि सम्भवाना नरहेको पनि बताईन्छ । तर बिगतको जस्तो लकडाउन तथा निषेधाज्ञाको भने केहि पनि अर्थ नरहेको दमकका धेरैको सुझाव रहेको छ ।

नमस्ते दमक फेसबुक आईडिले लेखेको एउटा स्टाटसमा अधिकाँशले कडा लकडाउन गर्न सुझाव दिएकाछन् । केहिले भने लकडाउनमा विकल्प नभएको भनेकाछन् ।

 

https://www.facebook.com/permalink.php?story_fbid=564269574954421&id=100041141514079&comment_id=564315268283185&notif_id=1627049074685377&notif_t=feed_comment&ref=notif