२०८३ कार्तिक ४, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले अब निषेधाज्ञा अवज्ञा गर्ने कसैलाई पनि छुट दिन नसकिने बताएकाछन् । उनले विगतजस्तो निषेधाज्ञाको औचित्य केहि नभएकाले कम्तिमा एक हप्तामा र बढिमा दूई हप्ता पुर्ण निषेधाज्ञा लगाईने भएकाले यसको शतप्रतिशत पालना गर्न आग्रह गर्दै यस्तो बताएकाहुन् । पहिलो चरणमा एकसाता पुर्ण निषेधाज्ञा लगाउछौ र त्यसपछि अवस्था हेरेर फेरी निर्णय लिन्छौ, उनले थपे ।

दमक नगरपालिकामा शनिवार भएको सर्वपक्षिय छलफलमा उनले अब कुनै पनि शर्तमा निषेधाज्ञाको पुर्ण पालना गर्न र गराउन सबै लाग्नु पर्ने भन्दै यसमा कसैले पनि सिफारीस नगर्ने प्रतिबद्धता जनाउन पनि आग्रह गरे । सोहि अनुसार यहाँका राजनीतिक दल तथा दमक उद्योग बाणिज्य संघ र सरोकारवाला सबैले समेत यसमा समर्थन जनाएको छ ।

अत्यआवश्यकीय काम भनेर बाहिर निस्कने कार्य, पसल खोल्ने कार्य, प्रहरी देख्दामात्र बन्द गर्ने परिपाटी र घरभित्र बसेजसरी झुक्याउने कार्य पुर्ण रुपमा नियण्त्रण गरिने पनि बताए । यसै अनुसार प्रशासनलाई आग्रह गर्दछौ, उनले भने । अतिआवश्यकीय खाद्य सामाग्रि अभाव भएमा अनुगमन समिति, वार्ड समिति र नगरपालिकाका जनप्रतिनिधिलाई खबर गर्न भन्दै आफुखुसि बाहिर निस्किए कार्वाहीको भागिदार बन्नेमा सचेत हुन उनले आग्रह गरे ।

दमकमा कसैले निषेधाज्ञा पालना गर्दैन र पसल तथा ब्यापार ब्यवसाय खोलेमा पक्राउ गरेर सिधै जिल्ला प्रशासन कार्यालय झापामा कार्वाहीका लागि पठाउछौ, ओलीले भनेकाछन् । विगतमा जस्तो अब छुट नहुने भन्दै खेलाची नठान्न उनले भने । विगतको जस्तो खुकुलो निषेधाज्ञा गर्नुभन्दा नगर्नु नै उचित हुन्छ भन्ने मलाई लागेको हो र सबैको कडा रुपमा निषेधाज्ञा गर्न सुझाव दिएकाले अब कडा नै हुने उनको दाबी रहेको छ ।

आन्तरिक काम भनेर बैंक तथा वित्तिय संस्था खोल्ने कार्य पनि नगर्न उनले आग्रह गरेकाछन् । यो बिषम परिस्थितिमा अब कसैले पनि यो या त्यो भनेर निषेधाज्ञा अवज्ञा गर्न नहुनेमा उनको जोड रहेको थियो । सोमबार विहानदेखि पहिलो चरणमा एकसातासम्म कडा निषेधाज्ञा लगाउने शनिवार बेलुका दमक नगरपालिकामा बसेको सर्वपक्षिय छलफलले निर्णय गर्दै यसै अनुसार जिल्ला प्रशासन कार्यालय झापालाई अनुरोध गर्ने निर्णय भएको हो ।