दमक सिल घोषणामा सिमित ! छैन कडाइ, आवत जावत निस्फिक्री
बिष्णुप्रसाद पोखरेल/दमक
दमकमा कोरोना सङ्क्रमण बढेपछी आजबाट कडा निषेधाज्ञा र दमक सिल भनिए पनि बिहान यसको प्रभाब देखिएको छैन ।
दमक सिल र कडाइ कागज र बोलिमा मात्र देखिएको छ बिहानै देखि हिडडुल र मोटरसाइकलमा चलेको छ भने पसल अगाडि व्यापारी बसेर ग्राहक आउदा खोलेर बेचेको अवस्था रहेको छ ।
मुख्य बजार तथा प्रसासनको पहुच नजिक रहेको स्थानहरुमा पनि सिलको कार्यन्वयन देखिएको छैन । कमजोर रुपमा निषेधाज्ञा सुरु भएको छ ।
दमक नगरपालिकामा भएको छलफलमा कोरोना सङ्क्रमण रोक्न कडा निषेधाज्ञा लगाउने सर्बपक्षिय निर्णय भएको थियो र यसमा सबै राजनीतिक दलले पनि सहमति जनाएका थिए ।
