सरकारी दमक अस्पतालको सेवा सुधार्न बहस ! यसो भन्छन् नेकपा माओबादी केन्द्र दमक सह-ईन्चार्ज बेदु गौतम
दमक/ दमकको सरकारी अस्पतालमा नेपाल सरकारले ल्याएको स्वास्थ्य विमामार्फत उपचार गराउने विरामीहरुको चापको बिषयमा अहिले नगरका सबै राजनीतिक दलहरुको ध्यानकर्षण भएको छ । प्रभावकारी न्यूज मार्फत यहाँ देखिएको अवस्था चित्रण सहितको भिडियो र स्तम्भमा आएपछि यसमा सबैको ध्यान केन्द्रित भएको छ ।
दमक अस्पताल सञ्चालक समितिका सदस्य एवं युवा नेता सन्तोष दुलालले अस्पतालको सेवा र भिडलाई नियण्त्रण गर्ने सकारत्मक सुझाव दिन आग्रह गर्दै सामाजिक सञ्जालमार्फत आफ्ना भनाई समेत राखेका थिए । त्यसको केहि दिनपछि यो अवस्था अन्त्यका लागि नेकपा माओबादी केन्द्र दमकका सह ईन्चार्ज बेदु गौतमले यस्तो सुझाव दिएकाछन्
दमक अस्पताल ब्यबस्थापनले यसो गरोस -:
१. OPD काउन्टर बेलुका ४ बजे सम्म खुल्ला होस । बिलिङ काउन्टरको संख्या थप गरोस ।
२ . ल्याब परिक्षणका निम्ति sample collection र report बितरण छुट्टाछुट्टै स्थानबाट होस । नियमित औसधि सेबन गर्ने सेवा ग्राहिका लागि प्रत्येक वार्डमा संचालित स्वास्थ्य केन्द्रहरु मार्फत औषधि बितरणको प्रबन्ध गरोस ।
३. बिमा मार्फत उपचारमा आउने बिरामिको चापलाइ धान्ने गरि भौतिक श्रोत, साधन र जनशक्ति ब्यबस्थापनका निम्ति तुरुन्त निर्णय लियोस ।
४. स्वास्थ्यमा सामान्य नागरिकको समेत पहुच पुगोस भन्ने उदेश्यले सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम प्रती जनताको बिश्वास बढाउन जरुरी छ ।जसका निम्ति चुस्त र भरपर्दो उपचारको ग्यारेन्टी गरोस । छिटोभन्दा छिटो उपचार पाउनु नागरिकको नैसर्गिक अधिकार हो ।
५. आफूसंग उपलब्ध नभएको सेवाको हकमा बिरामीलाई कति पनि बिलम्ब नगरि अन्य अस्पतालमा उपचारका निम्ति रेफर गर्ने ब्यबस्था गरोस ।
६. दमक अस्पताल ( सरकारको लगानी रहेको ) को बिकल्प निजि अस्पताल किमार्थ हुन सक्दैन तर बिमा कार्यक्रमको हकमा प्रथम केन्द्र दमकको आम्दा अस्पताललाई समेत तोक्नका लागि बिमा बोर्डमा दमक नगरपालिका मार्फत तुरुन्त पहल गरोस ताकी अहिले भएको भिडभाड स्वतह आधा कम हुनेछ ।
७. ठुलो जनशक्ति वार्ड स्थित स्वास्थ्य केन्द्रहरुमा बिकेन्दृत छ । यो संकटको घडिमा आबश्यक प्राबिधिक जनशक्ति दमक अस्पतालमा केन्द्रीकृत गरि नागरिकको स्वास्थ्य उपचार सहजता ल्याओस ।
८ .निजि अस्पताल जान समेत डराउने अति बिपन्न समुदायको स्वास्थ्य उपचारमा विशेष प्राथमिकता निर्धारण गरोस ।
९. आफूसंग उपलबध सबै खाले सेवा र आफू संग उपलब्ध नभएका सेवाहरुको जानकारी आम नागरिकले थाहा पाउने गरि शुल्कसुचि सहित सार्बजनिक गरोस ।
१०. अन्तमा , शिक्षा र स्वास्थ्यमा निजीकरणको बिरोध गर्ने हाम्रा लागि दमक अस्पताल बिश्वासको धरोहर बनोस अभिसाप हैन ।
