दमकमा कडा भनिएको निषेधाज्ञा फितलो भएपछि आक्रोश ! नाममात्रैको निषेधाज्ञा
दमक/ कोरोना संक्रमण बढेको भन्दै यहाँका सबै राजनीतिक दलहरुको समेत समर्थनमा दमकमा जारी भएको निषेधाज्ञाको प्रभाव न्यून रहेको छ । पसलहरु बन्द भएपनि हिडडुल तथा अन्य गतिविधिह्ररु निर्धक्कका साथ भइरहेकाछन् ।
दमकमा मानिसहरुको आवतजावत र मोटरसाईलक तथा सिटीसफारी पनि ढुक्कका साथ कुदेकाछन् । पसलहरुले मोल बढाएर दैनिक उपभोग्य सामाग्रिहरु पनि बेचिरहेकाछन् । निषेधाज्ञाले मूल्य बढेको भन्दै ठगी भइरहेको बताइन्छ ।
खोपको शुनिश्चितता, स्वास्थ्य मापदण्ड पालनामा ध्यान दिन आग्रह गर्दै यस्तो किसिमको नाममात्रैको निषेधाज्ञा नलगाउन बारम्बार दबाब भएपनि नगरपालिकाले यो पटक विगतभन्दा कडा लकडाउन लगाउने र कार्यन्वयन गराउने भनेको थियो ।
