२०८३ कार्तिक ४, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ मानवता हराउदै गएको छ । मानिसहरुले एकले पर्दा अर्काले सहयोग गर्ने संस्कार कम हुँदै गएको बताईन्छ । तर दमकमा पछिल्ला घटनाक्रम र सामाजिक क्षेत्रमा देखिएको सक्रियताले सामाजिक कार्यहरु निक्कै हुँदै आएकाछन् । स्थानीय सरकार, लायन्सक्लवहरु, रोटरी क्लव, जेसिज लगायतका संस्थाहरु सामाजिक कार्य र मानवीय साहयतामा निक्कै अग्रसर रहेकाछन् ।

दमक नगरपालिका उपप्रमुख गीता अधिकारीको निर्देशनमा दमक नगर प्रहरीले बस पार्कमा बेवारिसे बिरामी अबस्थामा भेटिएका दार्जिलिङ घर बताउने अनिल थापालाई उद्धार गरेको हो । दिशापिसाव एकै ठाँउमा गरिरहेका उनलाई निक्कै दुर्गन्धित अवस्थामा उद्धार गरेर नगर प्रहरीले नुहाइधुवाई गरेर सफासुग्गर बनाएर अस्पताल भर्ना गरेको बताईएको छ ।

नगर प्रहरी दमकका ईन्चार्ज रुद्रजंग कार्कीका अनुसार उक्त बेहाल अवस्थामा भेटिएका बृद्धको पिसिआर परिक्षण गराएर अस्पताल लगिएको छ । कोरोना परिक्षण रिर्पोट उनको पोजेटिभ आएको बताईएको छ । अहिले ति वेवारिसे रुपमा उद्धार गरिएका ब्याक्ति कोभिड अस्पताल बेलडाँगीमा रहेकाछन् ।

कोरोना संक्रमणको यो महामारी अवस्थामा साहसका साथ नगर प्रहरीले उनको उद्धार र सफाईमा कुनै पनि कमी गरेका थिएनन् । यसभन्दा अघि पनि दमक नगर प्रहरीले यस्ता प्रकारका वेवारिसे सडक मानवको उद्धार गर्दै आएको छ ।