कोरोना संक्रमणबाट दमकमा १ र कमल गाँउपालिकामा २ को मृत्यु

दमक / झापाको दमक र दमकसंग जोडिएको कमलमा कोरोना संक्रमणबाट पछिल्लो समयमा ३ जनाको मृत्यु भएको छ । झापा जिल्लाभर ५ जनाको मृत्यु भएको स्वाथ्य कार्यालय झापाले सार्वजनिक गरेको छ ।
बुधबार दमक नगरपालिकामा एक जना ६२ बर्षिया महिलाको मृत्यु भएको हो । उनको कन्काईमा अन्तेष्टि गरिएको छ । कमल गाँउपालिकामा एकजना १०१ बर्षिय बृद्ध र ८१ बर्षिय महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।