२०८३ कार्तिक ४, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापाको दमकमा डरलाग्दो रुपमा कोरोना संक्रमण बढ्दै गएको छ । स्वास्थ्य शाखाका अनुसार पिसिआर परिक्षणका लागि पठाईएका रिर्पोटहरुमा ५५ प्रतिशतसम्मलाई कोरोना संक्रमण पुष्टि भएको छ । यसले दमकमा डरलाग्दो रुमा कोरोना संक्रमण समुदायमा रहेको देखिन्छ ।

दमकमा कोरोना संक्रमितको उपचार गराउदै आएका अस्पतालहरुमा पनि संक्रमितले भरिन थालेको जनाईएको छ । सामाजिक दुरी पालना र स्वास्थ्य मापदण्ड पालना नगर्दा यो अवस्था आएको पनि स्वास्थ्यकर्मीहरुको भनाई छ ।

एकसाता यता दमकमा प्रत्येकदिनको संक्रमण बढ्दो दरमा रहेको छ । ५० भन्दा कम कुनै दिन पनि छैन, स्वास्थ्य शाखाका एक कर्मचारीले भने । अब संख्याभन्दा पनि प्रतिशत भन्नु पर्ने अवस्था आएको छ, उनले थपे ।