चीन-नेपाल मैत्री औद्योगिक पार्कको तर्फबाट दमक अस्पताललाई लाखौको स्वास्थ्य सामाग्रि
दमक/ झापाको दमकमा बन्ने चीन-नेपाल मैत्री औद्योगिक पार्कको तर्फबाट सरकार दमक अस्पताललाई कोरोना संक्रमणमा रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रिहरु उपलब्ध गराईएको बताईएको छ ।
चीनबाट आएको सामाग्रि लिनका लागि दमक नगरपालिकाको एउटा टोली पुगेर उक्त सामाग्रि बुझेर दमक ल्याइरहेको छ । जनप्रतिनिधि श्याम कार्की सहितको टोलीले उक्त सामाग्रिहरु बुझेर ल्याइरहेको नगरपालिकाको भनाई छ ।
अक्सिजन कन्सेटेटर, माक्स लगायतका स्वास्थ्य सामाग्रिहरु रहेको पनि बताईएको छ । औधोगिक पार्क आसपासका नागरिकलाई कोरोना संक्रमण भएको अवस्थामा उपचारमा सहज होस भन्ने उदेश्यले सरकारी दमक अस्पताललाई सहयोग गरिएको समेत औधोगिक पार्कले जनाएको छ । पार्कका अध्यक्ष दमककै गोविन्द थापा रहेकाछन् ।
