२०७८ अशोज २, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ महिना अगाडि

दमक/ झापाको दमकमा एक सहित आईतवार जिल्लामा ४ जनाको कोरोना सक्रमणबाट ज्यान गएको छ । बुद्धशान्तिमा मात्र एकैदिन ३ जनाको ज्यान गएको छ र उनिहरुको सामुहिक दाहसंस्कार गरिएको छ । स्वास्थ्य कार्यालय झापाले ४ जनाको मृत्यु भएको सार्वजनिक गरेको हो ।

यसैबीच कोरोना संक्रमणबाट मृत्यु भएका बुद्धशान्ति गाउँपालिकाका तीन जनाको एकै ठाउँमा एकै समयमा नेपाली सेनाले आज अन्त्येष्टि गरेको छ ।बुद्धशान्तिमा पहिलोपटक एकैदिन तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

ती तीनै जनालाई चिलिमगढी घाटमा सेनाले अन्त्येष्टि गरेको हो । बुद्धशान्ति वडा नं १ की पोखरेल थरकी ५८ वर्षिया महिला, वडा नं २ का ७४ वर्षिय राजवंशी समुदायका पुरुष र वडा नं ३ का ४५ वर्षिय चौधरी समुदायका पुरुषको मृत्यु भएको हो ।पोखरेल र राजवंशीको हिजो बेलुका बिर्तासिटी हस्पिटल बिर्तामोड र चौधरीको मेची अस्पतालमा आज बिहान मृत्यु भएको स्वास्थ्य शाखाका भोला अधिकारीले बताए ।

योसँगै बुद्धशान्तिमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २१ पुगेको छ । कूल संक्रमितको सँख्या १४ सयको हाराहारीमा रहेको बुद्धशान्तिमा ३०१ जना सक्रिय संक्रमित रहेका छन् ।बुद्धशान्तिमा कोरोना संक्रमण र संक्रमितको मृत्यु दर बढ्दै गएपछि चिन्ता थपिएको स्वास्थ्य प्रमुख अधिकारीले बताए ।