२०७८ अशोज २, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ महिना अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा कोरोना संक्रमणदर ह्वात्तै बढिरहेको छ । प्रत्येक दिन कोरोना संक्रमितको संख्या र अस्पताल भर्ना संक्रमितको संख्या बढ्दो अवस्थामा रहेको छ । यसले नियण्त्रणबाहिर जाने चिन्ता पनि शुरु भएको छ । यहाँका अस्पतालहरुले कोरोना संक्रमितको उपचार धान्न नसक्ने अवस्था आउने भन्दै सचेत हुन आग्रह गर्न थालेकाछन् ।

दमकमा आईतवार एकैदिन करिब एकसय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाले सार्वजनिक गरेको विवरणमा पिसिआर परिक्षणबाट ४८ र एन्टिजेन परिक्षणबाट ४८ जना गरेर ९६ जना संक्रमित भएको सार्वजनिक गरेको छ । आइतवारसम्ममा ८० जना कोरोना संक्रमित अस्पतालको बेडमा भर्ना भएको दमक कोभिड उपचार केन्द्रकी सूचना अधिकारी देबी दंगालले प्रभावकारी न्यूजलाई बताईन् ।

अन्य नीजि ठाँउमा परिक्षण गरेको रिर्पोट थप अबेर आएको पनि बताईन्छ । यसले दमकमा एकैदिन १ सय संक्रमित नाघेकाछन् । यो अहिलेसम्मकै धेरै संक्रमितको संख्या हो । प्रभावकारीन्यूजलाई स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार दमकमा पछिल्लो समय निक्कै भयाभह अवस्था आउनसक्ने अवस्था देखिदैछ । परिक्षण गराईएका ५५ प्रतिशतभन्दा माथि समेत पोजेटिभ आएको छ र अवस्था कस्तो छ भन्ने यसले बताउछ, ति कर्मचारीले भने ।

दमकमा नगरपालिकाले हप्तामा एक पटक पिसिआर परिक्षण निशुल्क, दमकका अधिकाँश अस्पतालमा एन्टिजेन परिक्षण हुँदै आएको छ । एउटा नीजि ल्याव मार्फत यहाँ स्वाब संकलन गरेर पनि पिसिआर परिक्षण हुँदै आएको छ ।  उपचारका लागि बाहिर गएर परिक्षण गर्नेको पनि कमि छैन ।

अब संख्याभन्दा मानिसहरु डराउने अवस्था आउने देखिन्छ, स्वास्थ्य शाखाका एक कर्मचारीले प्रभावकारी न्यूजलाई भने । चेन ब्रेकका लागि अन्य कुनै विकल्प नरहेकाले नगरपालिकाले कडा लकडाउन गर्ने भने पनि यसको कार्यन्वयन भने फिटिक्कै छैन । जिल्ला प्रशासन कार्यालय झापाले भन्दा कडा निषेधाज्ञा र यसभन्दा अघि नगरपालिका सिल भनिएको थियो । पसल बन्द बाहेक अन्य खास प्रभाव केहि छैन ।

समुदायमा कोरोना संक्रमण फैलदो रहेकाले नियण्त्रणमा समस्या हुने र संक्रमित नै बाहिर हिडडुल गर्ने गरेको दमकमा भएको सर्वपक्षिय छलफलमा आवाज उठेपछि कडा निषेधाज्ञा लगाउन नगरपालिकालाई दबाब थियो । नगर प्रमुख रोमनाथ ओलीले अब लकडाउन कडा हुने र निषेधाज्ञा अवज्ञा गर्नेलाई कडा कार्वाही गरिने प्रभावकारीन्यूजसंग बताएका थिए ।

कुनै विशेष जानकारी गराउन पर्ने अवस्था भएमा नगरपालिका स्वयंले नगरबासीहरुमा आधिकारिक संचार माध्यमबाट सुसूचित गराउने हुँदा निराधार तवरले सामाजिक संजाल वा अन्य कुनै माध्यमबाट सम्प्रेषण हुने सूचनाहरुमा भर नपर्न पनि हार्दिक अनुरोध गरिएको छ ।यसका साथै नेपाल सरकारले स्वास्थ्य सुरक्षा सम्बन्धि लागु गरेको मापदण्ड अपनाई सावधानी र सतर्कतापूर्वक अत्यावश्यक काम नपरेसम्म घरमै बस्नेर विदेशबाट आएका व्यक्ति वा परिवारले सोको जानकारी नगरपालिका वा प्रहरीलाई तत्काल गराउन सम्पूर्ण नगरबासीमा अपिल गरिएको छ, नगरपालिकाले यसरी बारम्बार अपिल गरे पनि नगरबासीले अपिललाई अवज्ञा गरिरहेकाछन् ।