२०७८ अशोज २, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ महिना अगाडि

दमक/ झापाको दमकमा जानेसोन एण्ड जोनसोनको कोरोना विरुद्धको खोप १० हजार ७ सय जनालाई हान्ने तयारी भएको छ । सरकारले पठाएको मापदण्ड अनुसार यसका लागि कोटा प्रणालीबाट संख्या पनि छनौट गरिएको बताईन्छ ।

५० बर्ष माथि उमेर समुह, दमक उद्योग बाणिज्य संघको समन्वयमा २ सय जना ब्यवसायी, यातायाताका चालक तथा सहचालक ३ सय, भुटानी शरणार्थी, प्राध्यापक, प्रहरी, पत्रकार लगायत सरकारले तोकेकाहरुले यो खोप पाउनेछन् । यो खोप एकपटक हानेपछि फेरी हान्नु पर्दैन ।

यसै बिषयमा दमकका अगुवा उद्यमी व्यवसायीसंग दमक उद्योग बाणिज्य संघले छलफल पनि गरेको छ । शब्जि ब्यापारी, डेरी सञ्चालक, अण्डा व्यवसायी र बस्तुगत संघहरुको सिफारीसमा अति आवश्यक भएकाहरुलाई खोप हान्न छलफलमा सहभागिहरुबाट सुझाव आएको दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले बताए ।

श्रेष्ठले प्रभावकारी न्यूजलाई जानकारी गराए अनुसार बिना बिभेद ब्यवसायीहरुलाई खोप उपलब्ध गराउन माग गरिएको छ ।