२०८३ कार्तिक ४, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापाको गौरादहबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एक ब्याक्ति पक्राउ परेकाछन् । इलाका प्रहरी कार्यलय दमकको प्रहरी टोलीले स्थानीय एक ब्याक्तिलाई पक्राउ गरेको हो । गौरादह १ बस्ने ३७ वर्षिय कृष्णकुमार ताजपुरिया पक्राउ परेको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख नवराज कार्कीले बताए ।

मंगलवार दिउँसो ३ बजे गौरादह बजारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । मोटरसाईकलमा रहेका ताजपुरियालाई खानतलासी गर्दा ६ ग्राम ब्राउनसुगर फेला पारेको जनाईएको छ। उनलेगौरादह २ बस्ने ३९ वर्षिय सुमनकुमार कार्कीबाट किनेको बताएपछि कार्कीको घरमा पनि प्रहरीले खानतलसि गरेको थियो । कार्कीको कोठामा खानतलासी गर्दा खुल्ला प्लाष्टिकभित्र ३० ग्राम ब्राउनसुगर बरामद गरिएको समेत प्रहरीको भनाई छ ।