लायन्स क्लव ईन्टरनेशन फाउण्डेशन र महामारी नियण्त्रण अभियानले दमक नगरपालिकालाई स्वास्थ्य सामाग्रि प्रदान गर्दै

दमक/ दमक उद्योग बाणिज्य संघको महामारी नियण्त्रण अभियानको संयोजनमा लायन्स क्लव ईन्टरनेशन फाउण्डेशन (LCIF) मार्फत झापाको सरकारी दमक अस्पताललाई लाखौ मूल्य बराबरको स्वास्थ्य सामाग्रि आएको छ । २ दिन अघि यस बिषयमा दमकमा पत्रकार सम्मेलन गरेर जानकारी पनि दिईएको छ । शुक्रबार स्वास्थ्य सामाग्रिहरु दमक नगरपालिकालाई हस्ताण्तरणको तयारी भएको पनि अभियानले जानकारी दिएको छ ।
भेन्टिलेटर, अक्सिजन कन्सर्नट्रेटर सहितका स्वास्थ्य सामाग्रिहरु उपलब्ध भएको अभियानका संयोजक प्रकाश प्रशाईले बताएकाछन् । करिब ४० लाख बराबरको स्वास्थ्य सामाग्रिहरु दमक नगरपालिकालाई हस्ताण्तरण गरिन लागेको छ । प्रशाईको संयोजकत्वमा संघले स्थानीय सरकारलाई महामारी नियण्त्रणमा सहयोग पुर्याउन र विशेष गरेर भेन्टिलेटर सहितका अत्यआवश्यकीय स्वास्थ्य उपकरण र सामाग्रि उपलब्ध गराउन अभियान शुरु गर्ने निर्णय गरेको थियो ।
प्रशाईले यो अभियान अन्तरर्गतको सानो काम शुरु भएको र आगामि दिनमा थप काम गर्दै जाने बताए । हामी आम्दा अस्पतालमा अढाई करोडमा अक्सिजन प्लान्ट राख्नेदेखि लिएर अन्य कार्यको पनि समन्वय गरिरहेका छौ, प्रशाईले भने । यसमा अभियानले करिब ८ लाख र अन्य लायन्स क्लव ईन्टरनेशन फाउण्डेशनको फण्डबाट यो सामाग्रि खरिद भएको पनि जानकारी संयोजक प्रशाईले दिएकाछन् ।
लायन्स लिडर अजय अग्रवालका अनुसार लायन्स क्लव अफ ईन्टरनेशन ३२५ ए वानले कोरोना संक्रमण महामारी नियण्त्रणका लागि अभियान चलाईरहेको र त्यसै अनुसार यहाँ दमक उद्योग बाणिज्य संघले निर्माण गरेको अभियानसंग सहकार्य गरेर दमक अस्पताललाई स्वास्थ्य सामाग्रि उपलब्ध गराउन लागिएको जनाए । दमकका लायन्सकर्मीहरुको प्रयास र दमक उद्योग बाणिज्य संघको यसमा भएको सकारत्मक सोचले यो सम्भव भएको पनि अग्रवालले जनाए ।