महामारी नियण्त्रण अभियानको संयोजनमा दमकलाई लायन्स क्लव ईन्टरनेशन फाउण्डेशनको सहयोग
दमक/ अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लव अफ ईन्टरनेशनल मार्फत सामाजिक सेवामा तल्लिन रहने लायन्स क्लव र यसका सदस्यहरुले विदेशमात्र रकम पठाएको भन्दै बारम्बार आलोचना हुने गरेको छ । दमकमा पनि करिब दूई दर्जन लायन्स क्लवहरु खुलेकाछन् र यसमा १ हजारभन्दा बढि सदस्यहरु पनि आवद्ध रहेकाछन् ।
दमकम सामाजिक क्षेत्रमा लायन्स क्लवहरुको उपस्थिति महत्वपूर्ण रहेको छ । यहि सिलसिलामा दमकमा करिब ४० लाख बराबरको स्वास्थ्य सामाग्रि दमकस्थित सरकारी दमक अस्पतालका लागि लायन्स क्लव ईन्टरनेशन फाउण्डेशनमार्फत आएको छ । यसमा दमक उद्योग बाणिज्य संघले बनाएको महामारी नियण्त्रण अभियानको महत्वपूर्ण भूमिका खेलेको छ ।
लायन्स लिडरहरुको उपस्थितिमा दमक उद्योग बाणिज्य संघमा एक कार्यक्रमबीच दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई वालबालिकादेखि लिएर सबै उमेर समुहलाई प्रयोगमा ल्याउन सकिने भेन्टिलेटर सहितका स्वास्थ्य सामाग्रि हस्ताण्तरण गरिएको छ । सामाग्रि बुझ्दै नगर प्रमुख ओलीले लायन्स र बाणिज्य संघको यो कार्य महामारी नियण्त्रणका लागि निक्कै राम्रो एवं प्रंशशा योग्य भएको बताए ।
लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए वानका गर्भनर रेवतबहादुर कार्कीले यो महामारीको समयमा यस प्रकारको स्वास्थ्य सामाग्रि प्रदान गर्ने लायन्सको दायित्व भएको बताउदै यस प्रकारको कार्य देशभर नै भइरहेको बताए । यहाँका लायन्सकर्मीहरुले यसका लागि गरेको प्रयासको प्रशंशा पनि गरे ।
लायन्स सिनियर लिडरहरु राजन खत्री, लिला ढुगेल लगायतले लायन्सले यो विपतमा बिभिन्न कार्र्य गर्दै आइरहेको र यो एउटा ठुलो सहयोग भएको बताए । कोहि पनि आईसियुमा बस्नु पर्ने अवस्था नआओस भन्ने आफुहरुको आंकाक्षा रहेपनि यो विपतमा कस्लाई कतिखेर के हुने हो भन्ने थाहा नभएकाले यस प्रकारका सामाग्रिले धेरैको ज्यान बचाउन सकिने उनिहरुको भनाई थियो ।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ र महामारी अभियानका संयोजक प्रकाश प्रशाईले लायन्स क्लवहरुले संघ तथा अभियानलाई यो अवसर प्रदान गरेकोमा आभार प्रकट गरे । उनिहरुले यो विपतमा आफुहरु सधै नागरिकको सुरक्षाका लागि चिन्तित रहेको बताए ।
लायन्स लिडर अजय अग्रवालले जहाँ सेवाको आवश्यकता हुन्छ त्यहाँ लायन्सकर्मीहरु पुग्ने गरेको बताए । उनले संघले बनाएको महामारी अभियानमा लायन्सकर्मीहरुको उपस्थिति रहेको र त्यहि मार्फत यो पहलकदमी भएको भन्दै सामुहिक प्रयासबाट नै सबैले यो विपतमा काम गर्नु पर्नेमा जोड दिए । उनले दमकमा यो सहयोग ल्याउनका लागि प्रयत्न गर्ने सबैप्रति आभार पनि प्रकट गरे ।
ईम्प्याक्ट एरिया चिफ ज्ञाननाथ पौड्यालले लायन्स क्लव तथा लिडरहरुको जागरुकता कारण यो सम्भव भएको भन्दै आगामि दिनमा पनि यस प्रकारको सहयोग भित्र्याउने पहल गरिने जनाए । उनले दमकमा यो सामाग्रि प्रदान गर्ने निर्णय गरेकामा सबै लायन्स लिडरप्रति आभार पनि प्रकट गरे ।