कोरोना संक्रमणबाट दमकका अर्का एक संक्रमितको मृत्यु

दमक/ झापाको दमकका अर्का एक कोरोना संक्रमितको मृत्यु भएको छ । बिएण्डसि अस्पतालमा उपचारको क्रममा ५३ बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । शुक्रबार जिल्लामा दमकको १ सहित ४ जना संक्रमितको मृत्यु भएको छ ।
गय राती आम्दा अस्पतालमा उपचारको क्रममा एक युवाको मृत्यु भएको थियो । २४ घण्टामा दमकमा २ जनाको मृत्यु भएको छ । दमकमा पछिल्लो समयमा कोरोना संक्रमणदर निक्कै बढेको छ । कोरोना संक्रमणदर घटाउन चेन ब्रेक गर्ने भन्दै निषेधाज्ञा लगाईएको भएपनि कार्यन्वयन छैन ।