कक्षा १२ को परीक्षा स्थगित,महामारीको परिस्थिति अनुकूल भएपछि परीक्षा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । कोभिड १९ का कारण परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए ।महामारीको परिस्थिति अनुकूल भएपछि परीक्षा संचालन गर्ने निर्णय आज बसेको बोर्ड बैठकले गरेको छ । फेरि परीक्षा गर्नेबारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ । गतवर्ष कक्षा १२ को परीक्षा मंसिरमा महीनामा भएको थियो । परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयले सीसीएमसी र शिक्षा मन्त्रालयलाई सिफारिस गरेको थियो ।