गुप्ताङ्गमा लागुऔषध लु्काउने दमकका दूई महिला पक्राउ

दमक/ झापा दमकका दुई महिला संवेदनशिल अंगमा लागु औषध ब्राउन सुगर लुकाएर ल्याउदै गरेको अवस्थामा पक्राउ परेकाछन् । नेपालमा प्रतिबन्धित ब्राउन सुगर भारतबाट नेपाल ल्याउदै गरेको अवस्थामा गौरीगञ्जमा उनिहरु पक्राउ परेकाहुन् ।
प्रहरीका अनुसार गुप्ताङ्गमा लुकाएर ब्राउनसुगर ल्याउँदै गर्दा रंगेहात पक्राउ पर्नेहरुमा झापा दमक १ बस्ने ३४ वर्षिया शनिवार साँझ ७ बजे गौरीगञ्ज ४ कदमगाछीमा सीमा प्रहरी चौकी खजुरगाछी र सशस्त्र प्रहरी बलको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुले संबेदनशील अंगमा लागूऔषध लुकाएको हुनसक्ने शंका गरेपछि जाँच गरेको थियो ।
खजुरगाछी स्वास्थ्य चौकीमा स्वास्थ्य कर्मचारीलाई चेकजाँच गर्न लगाउँदा मञ्जुले गुप्ताङ्गमा लुकाईरहेको अवस्थामा ४४ दशमलव ३ सय ग्राम ब्राउनसुगर बरामद भएको थियो ।