२०८१ चैत्र ९, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ झापाको दमकमा नेकपा माओबादी केन्द्रले आफ्नो संगठन विस्तार र सुदृढिकरणका लागि अभियान चलाएको छ । वाडवाडमा संगठन विस्तार गर्दै आफ्ना कमिटीहरु बनाउन थालेको हो । माओबादी केन्द्र दमकका सह इन्जार्च बेदु गौतमका अनुसार बिभिन्न वार्डहरुमा वडा कमिटी निर्माण भएकाछन् र केहि बाँकी रहेकाछन् ।

गौतमका अनुसार ७ वटा वाडमा कमिटी बनिसकेकाछन् । यसै साताभित्रमा वार्डहरुमा संगठन विस्तारको कार्यक्रम सकिने पनि उनले जनाएकाछन् । हामी संगठन विस्तार र पार्टी सुदृढिकरण अभियानमा जुटेका छौ, गौतमले भने ।

५ वटा वार्ड भेलाबाट २१/२१ सदस्यीय कमिटी बनेको समेत गौतमले जनाए । पार्टीसंगै जन वर्गिय युवा संगठन वाईसियलका समेत कमिटीहरु बन्ने जनाईएको छ । पार्टीसंगै जन वर्गिय युवा संगठन वाईसियलका समेत कमिटीहरु बन्ने जनाईएको छ । कतिपय वार्डमा कमिटी बनिसकेकाछन् र बाँकी वार्डमा पनि बनाईनेछ, उनले भने ।