सर्वसाधरण र पहुँच विहिनलाई खोप कहिले ?

दमक/ झापामा अग्रभागमा खटिने सामाजिक क्षेत्रमा क्रियाशिलहरुदेखि लिएर ब्यवसायिक क्षेत्रका पनि थुप्रैले कोरोना विरुद्धको खोप लगाएकाछन् । सरकारले तोकेका उमेर समुहका अब कमै मात्र खोप लगाउन बाँकी रहेको बताईन्छ । बिभिन्न चरणमा पहिलो चरणको खोपको कार्यक्रम सकिएको र दोश्रो चरणको खोप शुरु हुन लागेको बताईन्छ ।
पहिला पहिलो डोज लगाएकाहरुलाई यसै साताभित्र दोश्रो डोज खोप लगाईने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । जोनसोन एण्ड जोनसनको खोप एकपटक लगाएपछि फेरी लगाउनु नपर्ने भएपछि यो खोप लगाएकाहरु मख्ख रहेकाछन् ।
अब सर्वसाधरण नागरिकले कहिले खोप पाउने ? खोप तत्काल आउछ की आँउदैन ? पहुँच पुगेन भने खोप लगाउनु पाईएला की नपाईएला भन्ने धेरैलाई चिन्ता रहेको छ । दमक नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारीहरुले पनि कहिले खोप आउछ भन्ने आफुहरुलाई जानकारी नरहेको बताउने गरेकाछन् ।