२०८१ माघ २९, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ दमक उद्योग वाणिज्य संघले निषेधाज्ञाका कारण व्यवसायी मारमा रहेकाले अन्तःशुल्क वापतको कर तिर्ने अवधि थप गर्नलाई माग गरेको छ । व्यवसायी घर भित्रै थुनिएर रहेकाले अन्तःशुल्क वापतको कर तिर्ने अवधि थप गर्नु पर्ने माग गरेका हौ, संघका अध्यक्ष गोकुल श्रेष्ठले भने । कम्तिमा असोज महिनासम्म म्याद थप गर्न माग गरिएको पनि उनले जनाए ।

कोरोना रोकथाम तथा संक्रमण नियन्त्रणका लागि २०७८ साल वैशाख २२ गतेदेखि नै झापा जिल्ला प्रशासन कार्यालय तथा त्यस पछि पटक– पटक दमक नगरपालिकाबाट समेत निषेधाज्ञा जारी गरी करिब वैशाख देखि हालसम्म पनि व्यापार व्यवसाय बन्द रहेको अवस्थामा अन्तशुल्क कसरी तिर्ने ?, दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्क्ष गोपाल गुरागाईले भने ।

यस विषम परिस्थितिमा समेत व्यवसायीहरुले राज्यलाई कर तिर्नका लागि तयार नै रहेको अवस्थामा मासिक रुपमा बुझाउनु पर्ने मास्केवारी तथा अन्तःशुल्क वापतको कर बुझाउनका लागि हालको निषेधाज्ञाका कारण व्यवसायीहरुलाई मर्का परेको भन्दै संघले २०७८ साल असोज मसान्तसम्म थप गर्नका लागि आवश्यक व्यवस्था मिलाई दिन संघले आन्तरिक राजश्व कार्यालय दमकसंग लिखित माग गरेको हो ।