२०८१ चैत्र ९, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

झापा । झापामा कोरोना भाइरस संक्रमणका कारण एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

विगत सात दिनदेखि बिर्ता सिटी हस्पिटलमा उपचाररत हल्दिबारी १ गोलधापका ४२ वर्षिय षडानन्द नेपालको उपचारका क्रममा आज बिहान ३ बजे मृत्यु भएको हो । औषधि पसलसमेत संचालन गर्दै आएका उनी लोकप्रिय स्वास्थ्यकर्मी रहेका थिए ।

स्थानीय ठाउँमा नेपाल डाक्टरका नामले परिचित नेपालले लामो समयदेखि गोलधाप, चकचकी, बिर्तामोड १० लगायतका क्षेत्रमा अनवरत स्वास्थ्य सेवा दिँदै आइरहेका थिए ।