२०८१ चैत्र १, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

साउन २९ । झापाको बिर्तामोडको मुक्तिचोक नजिकै थापा मार्केटमा अघि साँझ भएको आगलागि नियण्त्रणमा आएको छ । सूर्य अधिकारीले सञ्चालन गरिरहेको रिद्धिसिद्धि वेयर कलेक्सन नामक रेडिमेड कपडाको पसलमा विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने प्रहरीको भनाई छ ।

साँझ करिब ७ बजे भएको सो आगलागी बिर्तामोड र मेचीनगरको दमकलले नियन्त्रणमा लिइसकेको पनि प्रहरीको भनाई छ । क्षति विवरणबारे जानकारी लिने काम भइरहेको बताईएकोछ ।