२०८१ चैत्र १, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापामा कोरोना संक्रमण बढि भएको र संक्रमणदर बढ्दो अवस्थामा रहेको स्थानीय तहमा कडा निषेधाज्ञा लगाउने तयारी शुरु भएको छ । स्मार्ट लकडाउन अन्र्तगत कम जोखिम भएका क्षेत्रमा खुकुलो निषेधाज्ञा र बढि जोखिम भएको क्षेत्रमा कडा निषेधाज्ञा लगाउन सरोकारवालाहरुले सुझाव दिएको बताईन्छ ।

दमक झापामा सबै पालिकाभन्दा जोखिम मानिन्छ । यहाँ सिल सहितको कडा निषेधाज्ञा लाग्न सक्ने बताईएको छ । आईतवार जिल्ला स्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी० को बैठक बसेर यस बिषयमा निर्णय लिईन जिल्ला प्रशासन कार्यालय श्रोतको भनाई छ । अहिलेसम्म जारी रहेको निषेधाज्ञा नाममात्रैको रहेको र थप निषेधाज्ञा लगाउदा पनि उस्तै रहने भन्दै यस्तो कार्य नगर्न ब्यवसायीका नेताहरुले बताउन थालेकाछन् ।

झापामा कोरोना संक्रमण ह्वात्तै बढेपछि आइपुगेको सीसीएमसीको टोलीले शुक्रवार झापा जिल्लाका कोभिड अतिप्रभावित स्थानहरूको निरीक्षण गर्दै निषेधाज्ञालाई प्रभावकारी बनाउदै जोखिम क्षेत्रमा चेन ब्रेकका लागि सबै प्रकारका उपया अपनाउन सुझाव दिएको छ ।

निषेधाज्ञाको किकल्प खोज्न प्रशासनलाई पछिल्लो समय दबाब पुगेपनि यसको विकल्प नरहेको बताउन थालिएको छ । खुकुलो र नाम मात्रैको निषेधाज्ञाले सिमित बर्गलाई फाइदा पुगेपनि धेरैलाई यसले संकटग्रस्त अवस्थामा पुर्याएको छ ।

दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का अब निषेधाज्ञाको विकल्प खोज्नु पर्ने बताउछन् । स्वास्थ्य मापदण्डको पालना र खोपको ब्यवस्थापन गरेर अब निषेधाज्ञाको विकल्प खोजिनु पर्ने उनको सुझाव रहेको छ । यसरी कतिदिनसम्म चल्छ ? यस बिषयमा गम्भिर भएर सोच्नुपर्छ, उनि भन्छन् ।

होटल तथा पर्यटन ब्यवसायी संघका प्रदेश १ अध्यक्ष राजन दंगाल यो निषेधाज्ञाले होटल तथा पर्यटन ब्यवसाय चौपट भएको बताउदै अरवौको लगानी जोखिममा परेको बताउछन् । निषेधाज्ञाले मात्र त पक्कै यो संक्रमण रोकिदैन होला, उनि भन्छन् । खोपको पर्याप्त ब्यवस्थापन गरेर अब ब्यापार ब्यवसायलाई नियमितता दिनु नै राम्रो भन्ने लाग्छ, उनि भन्छन् ।