२०८१ चैत्र ४, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

मैले जे देखे त्यहि लेखे

विष्णुप्रसाद पोखरेल

दमक/ दमक सहित झापामा लामो समय निषेधाज्ञा रहयो । तर निषेधाज्ञा त भनियो तर कार्यन्वयन थिएन । आखिर निषेधाज्ञा भनिएपनि त्यो निषेधाज्ञा नै थियो । कतिले निषेधाज्ञाको पालना गरे त धेरैले यसलाई पालना नै गरेनन् । जसका कारण कोरोना संक्रमणको चेन ब्रेक हुन सकेन । यसमा दोष कस्को ? सामान्यतया निषेधाज्ञा लगाएपछि यसको कार्यन्वयन गर्ने जिम्मेवारी स्थानीय सरकार तथा प्रशासनको हुनु पर्ने हो त्यो देखिएन । यसलाई पालना गर्ने जिम्मेवारी हरेक नागरिकको हो यो जिम्मेवारीबोध पनि कसैमा भएको देखिएन ।

देशभर कोरोना सक्रमणको महामारी छ । त्यसमा पनि झापामा उच्च जोखिममा छ । झापाको दमक जिल्ला कै सबैभन्दा बढि जोखिम पालिकामा पर्दछ । यहाँ कोरोना संक्रमण जाँच गरिएकाहरु मध्ये ६० प्रतिशतसम्मलाई कोरोना संक्रमण पुष्टि भएको छ । एक तिहाईले पनि कोरोना विरुद्धको खोप पाएका छैनन् । कहि कतै सुरक्षाका न्यूनतम मापदण्ड पालना गरेको र कोरोना विरुद्ध सचेतना अपनाएको खास देखिन्न ।

दमक सहित झापाभरका ब्यवसायीक क्षेत्रका नेताहरुले अब निषेधाज्ञा कुनै पनि हालतमा पालना गर्न नसकिने र बजार खोल्ने बताएकाछन् । यसभन्दा अघि पनि जारी निषेधाज्ञामा त्यति धेरै ब्यापार ब्यवसाय बन्द थिएन र अहिले पनि छैन । तर निषेधाज्ञा भनिएकाले लुकिछिपी र प्रहरी लुकामारी खेलेर बजारहरु खुलिदै आएका थिए । सर्वसाधरण नागरिकले पनि निषेधाज्ञालाई पालना नगर्दा न चेन ब्रेक हुनसक्यो न त निषेधाज्ञा पालना गराउन प्रशासनले नै चासो देखायो । लुट्न सके लुट कान्छा नेपालमै हो छुट, भने झै भयो ।

निषेधाज्ञा, फेरी पनि निषेधाज्ञा यहि मात्र कोरोना संक्रमण रोक्न विकल्प रहनु हुदैन भन्ने ब्यवसायीले माग राखे । तर विकल्प के त ? कोहिसंग पनि कोरोना संक्रमणबाट बच्ने र बचाउने यहि हो विकल्प अहिले रहेको देखिदैन । सावधानी अपनाउने, स्वास्थ्य मापदण्ड पालना गर्ने, बजारमा अनाआवश्यक भिडभाड रोक्ने, सबैमा पर्याप्त खोपको ब्यवस्थापन लगायतका बिषयहरु नै विकल्पको रुपमा आउने गरेकाछन् । र यो वाहेकका विकल्प पनि खास देखिदैन ।

कोरोना संक्रमणको यो महामारीबाट बच्न र बचाउन सबैको ध्यान केन्द्रित हुन आवश्यक छ । स्थानीय स्तरमा पनि राजनीतिक दल तथा यसका नेताहरु आफ्नो पार्टीको भेला र बैठक गराउदै हिड्ने गरेकाछन् । बजारमा सटर र पसल बन्दछन् तर भेलाहरु रोकिएका छैनन् । निषेधाज्ञामा ब्यापार रोकिएको छैन । न सावधानी अपनाएको देखिन्छ न त कोरोना संक्रमण फैलेलाकी भनेर चिन्ता लिएको देखिन्छ । यो दुर्भाग्यो हो ।

अब कोरोना सक्रमण रोकिने अवस्था छ भने निषेधाज्ञा हटाउ । अवस्था सहज बनाउ । तर यस बिषयमा विज्ञहरु संग अन्तरक्रिया र छलफल गर । जोखिम धेरै छ । भोलिभह अवस्था आउन सक्छ । कोरोनाको चेन ब्रेक गर्ने अवस्था छैन भने कडा निषेधाज्ञा लगाएर भएपनि पहिला कोरोना संक्रमणको चेन ब्रेक गर । तर नाम मात्रैको निषेधाज्ञा नगर । घोषणा गर्दैमा निषेधाज्ञा हुन्न । यसले पालना गराउन सक्नुपर्छ र सबैले गर्नुपर्छ । नागरिकलाई पनि यस बिषयमा बुझाउ । लुटनेहरुका लागि सहजीकरण हुने किसिमको निषेधाज्ञाको पक्षमा भने कोहि पनि छैन । यो सत्य हो ।

आईतवारको मात्र तथ्याङ्क हेर्ने हो भने झापामा कोरोना संक्रमण जाँच गरिएकाहरुमध्ये ५० प्रतिशतभन्दा धेरैमा कोरोना संक्रमण रहेको छ । यसले अहिले पनि जोखिममा कुनै कमी आएको छैन । जिल्लामा कोरोना संक्रमणको दर भयाभह नै रहेको छ । यस बिषयमा सरोकारवालाहरु सबै गम्भिर बन्न आवश्यक छ । आज अर्थात असोज ३१ सम्मको जिल्लाको अवस्था हेर्दा ३२१४ जना सक्रिय संक्रमित रहेकाछन् । जबकी ५ सयभन्दा बढि कोरोना संक्रमित भएको क्षेत्रलाई सरकारले जोखिमयुक्त क्षेत्र बताउदै आएको छ ।