२०८१ कार्तिक १७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

दमक/ सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा झापाको गौरादहमा भएको प्रर्दशनमा प्रहरी हस्तक्षेप भएको बताईएको छ । बुधबार साँझ युवा संघले निकालेको मसाल जुलुशमा प्रहरी हस्तक्षेप भएको र युवा संघका जिल्ला अध्यक्ष शम्भु भण्डारी सहित आधा दर्जन युवाहरु सामान्य घाईते बनेको जनाईएको छ ।

भण्डारीको हातमा चोट लागेको छ । शान्तिपुर्ण आन्दोलनमा हस्तक्षेप भएको र आफु सहित केहि युवा साथीहरु घाईते बनेको भण्डारीले जनाए । युवा संघले अध्यादेश विरुद्ध देशब्यापी आन्दोलनको घोषणा गरेको छ । यसको प्रभाव झापामा पनि देखिएको छ ।