दमकमा आज थपिए ५९ जना नयाँ कोरोना संक्रमित, एकको मृत्यु

दमक/ पछिल्लो २४ घण्टाको अवधिमा दमक ५९ सहित झापामा १८८ जना कोरोना संक्रमित थपिएकाछन् । एकजनाको मृत्यु भएको छ । दमक स्थित आम्दा अस्पतालमा उपचाररत अवस्थामा ४१ बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले सार्वजनिक गरेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा देशभर तीन हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ८३८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार २७४ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८४९ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार ६१३ र ४ हजार ९९९ जनाको एन्टीजेन परीक्षण गर्दा ७९० जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर एक हजार २ हजार १०४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ४२ एक जना संक्रमितको मृत्यु भएको छ।
देशभर ४० हजार ३३८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३६ हजार ८०६ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा ३ हजार ५३२ भने ७७० जना आइसियुमा र १८६ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर ४५७ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।