म माधवकुमार नेपाल नेतृत्वको पार्टीमा छैन र मुलधारमै छु -रविन कोइराला

दमक/ माधव नेपालले गठन गरेको पार्टीबाट साथ छोड्ने एकपछि अर्को थपिदैछन् । नेकपा एमाले झापाका पूर्व अध्यक्ष रविन कोइरालाले पनि आफू माधव नेपालको पार्टीमा नरहेको स्पष्ट पार्नुभएको छ । लामो समय माधव झलनाथ समुहसँग निकट रहनु भएका कोइरालाले उहाँहरुको साथ छोडेको बताउनुभएको छ ।
कोइरालाले भन्नुभयो ‘माधव कमरेडलाई पार्टी विभाजन नगरौं भनेर सम्झाएको मान्नुभएन । तर विभाजनकारीलाई साथ दिन मैले सकिन । ’ कोइरालाको नाम नेपालले बनाएको केन्द्रीय समितीमा उल्लेख छ ।
‘म लामो समय देखि माधव झलनाथको बिचार समुहमा थिंए । तर एमाले विभाजन गर्ने उहाँहरुको बिचारलाई मैले साथ दिन सकिन । म पार्टीको मुलधारमै छु ’ कोइरालाले भन्नुभयो ‘२०५४ सालमा भएको एमाले विभाजनबाट हामीले धेरै कुरा सिक्नु पर्दछ ।’
मेचीनगर नगरपालिकाका पूर्व मेयर कोइराला २०५४ सालको विभाजनमा नेकपा मालेतिर लाग्नुभएको थियो । कोइरालाले २०७० सालको संविधानसभाको निर्वाचनमा झापा १ बाट काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई चुनाव हराउनुभएको थियो ।-नेपाली बहस डट कम