२०८१ चैत्र ५, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ दमक सहित झापामा कोरोना संक्रमणदर बढिरहेको अवस्थामा प्रशासनको निषेधाज्ञा अवज्ञा गरेर नै जिल्लाका अधिकाँश ठुला राजनीतिक दलहरुले आफ्ना भेला तथा कार्यक्रमहरु गरिरहेकाछन् । यसमा प्रशासनले रोक लगाएको छ ।

प्रशासनले रोक लगाएपनि राजनीतिक दलहरुले अटेर गरेर कार्यक्रम गरिहदा यसमा प्रशासनको चासो गएको छैन । नेकपा एमाले, नेपाली काँग्रेस, माओबादी केन्द्र लगायतले राजनीतिक कार्यक्रम तथा संगठन विस्तारलाई तिब्रता दिइरहेकाछन् ।

जिल्लामा नै सबैभन्दा बढि कोरोना संक्रमण देखिएको दमकमा नेकपा एमालेको टोल समितिहरु धमाधम बनिरहेकाछन् भने माओबादी केन्द्रले वार्ड कमिटीहरु यस बीचमा नै गठन गरेको छ । नेपाली काँग्रेस चुनाव लक्षित कार्यक्रममा लागेको अवस्था देखिन्छ ।

भौतिक रुपमा उपस्थित भई हुने सबै प्रकारका सभा, सम्मेलन, जुलुस, गोष्ठी, तालिम, सेमिनार लगायतका कार्यहरुको संचालनमा रोक लगाउने, कोरोनाको दोश्रो भरियन्ट शुरु भएपछि शुरु भएको निषेधाज्ञामा जिल्ला कोभिड व्यवस्थापन समितिले निर्णय गरेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी द्धारा जारि गरिएको निषेधाज्ञा आदेशमा स्पष्ट रुपमा उल्लेख भएको भएता पनि यसको कार्यन्वय फिटिक्कै छैन । यो आदेशको अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा हुने गरी कुनै कार्य गरेरगराईएको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा सम्वन्धित सबैमा जानकारी गराईन्छ, भन्ने निषेधाज्ञा आदेशको अन्तिममा उल्लेख छ तर कार्वाही भने भएको छैन ।

कोभिड(१९ को संक्रमणको जोखिम यस जिल्लामा रहिरहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषदको निर्णय, कोभिड(१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४, संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ९३० ले दिएको अधिकार प्रयोग गरी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउदै आएकाछन् ।