२०८२ जेष्ठ ३, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ झापामा माक्स खोई  ? अभियान निरन्तर बिभिन्न ठाँउहरुमा चलिरहेको छ । माक्स नलगाएर हिड्नेहरुलाई प्रहरी देखि सामाजिक क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुसम्मले माक्स वितरण अभियानलाई निरन्तरता दिईरहेकाछन् ।

झापाको भद्रपुर नगरपालिकामा माक्स बैंक नै स्थापना भएको छ । हुनेले यहाँ माक्स दिन सक्ने र नहुने लिएर जान सक्ने जनाईएको छ । भद्रपुर नगरप्रमुख जीवनराम श्रेष्ठले केहिदिन अघि उक्त माक्स बैंकको उद्घाटन गरेका थिए ।

यी अवस्थाहरू हुँदा घरमा समेत मास्क लगाउन छोड्नु हुँदैन।

१. आफूसँगै नबस्ने मानिसहरू घरमा आएमा

२. कामको लागि बारम्बार बाहिर निस्किने सदस्यहरू भएमा

३. घरमा बृद्धवृद्धा वा उच्च जोखिम भएका सदस्यहरू भएमा

४. घरमा आइसोलेसन वा क्वारेन्टाइनमा बस्दा

कोभिड– १९ को संक्रमण चक्र तोड्न हामीले जुनसुकै कामको लागि घरबाट बाहिर निकल्दा पनि अनिवार्य रूपमा मास्क लगाउनु पर्छ।