२०८१ चैत्र १, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

एजेन्सी, ५ भदौ । विश्वकै पहिलो डिएनएमा आधारित कोरोनाविरुद्धको खोपलाई भारतमा आपतकालिन प्रयोगका लागि अनुमति दिइएको छ । भारत सरकार र भारतीय औषधि निर्माता कम्पनी जायडस क्याडिलाले मिलेर विकास गरेको यो खोप १२ वर्षभन्दा माथिका उमेर समूहलाई आपतकालिन प्रयोगका लागि अनुमति दिइएको हो ।

जायकोभ डी नाम दिइएको यस खोपको प्रभावकारिता ६६ दशमलव ६ प्रतिशत रहेको दावी गरिएको छ । भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिायाले जायकोभ डीलाई आपतकालिन प्रयोगका लागि शुक्रवार अनुमति दिइएको हो । ३ डोजमा लिनुपर्ने यो खोप मेसिनको माध्यमबाट दिइनेछ । सुई बिना दिइने यस खोपको कुनैपनि साइड इफेक्टको खतरलाई पनि कम गर्ने दावी गरिएको छ । जायडस क्याडिलाको कोरोनाविरुद्धको खोप पहिलो पालस्मिड डीएनए खोप हो । यसलाई सुईको मद्दतले फार्माजेट प्रविधिबाट लगाइनेछ ।

जसले साइड इफेक्टको खतरालाई कम गर्छ । सुई बिनाको खोपमा औषधि भरेर त्यसलाई मेसिनको माध्यमबाट पाखुरामा लगाइन्छ । मेसिनमा जडित बटनलाई थिचेर शरीरमा प्रवेश गराइन्छ । भारतमा हालसम्म ६ जटा खोपलाई आपतकालिन प्रयोगका लागि अनमुति दिइएको छ । जसमा जायकोभ डी विश्वकै पहिलो डीएनएमा आधारित खोप हो । भारतले कोभिशिल्ड, कोभ्याक्सिन लगायतका कोरोनाविरुद्धको खोपको विकास गरि कोरोना महामारीविरुद्धको लडाइ लडिरहेको छ ।