२०८१ चैत्र १, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक / झापाको दमक नगरपालिकालाई कमल गाँउपालिकासंग समन्वय गरेर उपमहानगर बनाउनका लागि प्रस्ताव गरिएसंगै यो बहसले चर्चा पाएको छ । स्थानीय राजनीतिक दलहरुलाई पनि यसले सोच्न बाध्य बनाउन थालेको छ ।

भौगलिक र दैनिक कार्यमा दमकसंग धेरै बिषयहरुमा मेल खाने कमल गाँउपालिकालाई आवश्यक सहयोग गरिदिन अनुरोध गर्दै दमक नगरपालिकाले उपमहानगर प्रस्ताव गरेसंगै यो बहस सर्वसाधरणसम्म पुग्न थालेको छ ।

यसैक्रममा नकपा माओबादी केन्द्रका नेता गगन पुरीले अब उपमहानगर नभएर महानगर बनाउन नै अघि बढ्नु पर्ने बताएकाछन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा अघि सारेकाहुन् ।

पुरी माओबादी केन्द्रका प्रभावशाली नेता मानिन्छन् । उनको यस्तो छ स्टाटस-अब आसपासका पालिकाहरु , राजनितिक दल , संघ सस्थाहरुको बिचमा बृहत् र उच्चस्तरिय राजनितिक समझदारी गरि एकताबद्ध भएर ( उपमहानगरबाट माथी उठौ) महानगरको महान अभियानमा जुटौ।