२०८१ चैत्र १, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ झापामामा अक्सिजन विक्रि बितरण गर्ने जम्मा दूई वटामात्र फर्म रहेको कोरोनको महामारी शुरु भएपछिमात्र धेरैलाई थाहा भयो । माई पुर्व एउटा र माई पश्चिम एउटा । देशभर अक्सिजनको अभाव भईरहदा यो सार्वजनिक भयो । धेरैलाई लाग्यो अब दमक तथा झापामा पनि अक्सिजन अभाव भयो भने के गर्ने होला ? धेरै अस्पताल तथा जिल्लाहरुमा अक्सिजनको अभावमा विरामीको मृत्युका खबर आइरहदा मानिसहरुमा सन्त्रास उत्पन्न हुनु पनि स्वभाविक नै रहेको थियो ।

स्थानीय प्रशासन र सरकारको प्रयासमा झापामा कहि पनि अक्सिजन अभाव भएन । अक्सिजन अभावले नै ज्यान गएको समाचारहरु बाहिर आएन । अझ दमकमा अक्सिजनको अभाव त फिटिक्कै भएन । यसमा यहाँको एकमात्र आधिकारीक अक्सिजन विक्रेता मातृ ट्रेडर्ष रहेको थियो । जसको महत्वपुर्ण भूमिका रहयो । यसका सञ्चालक २५ बर्षिय युवराज पाठक, जसले अक्सिजनको ब्यवस्थापन गर्न निक्कै समस्या झेले ।

चौतर्फी फोन र प्रशासनको समेत कडा निगरानीको बीचमा उनले काम गरे । भरिएको अक्सिजनको ट्याङ्की मानिसहरुको घरघर (रिजर्ब)मा नपुगोस र पछि समस्या नहोस भनेर प्रशासन नै निक्कै कडाई नै गरेको थियो ।  प्रशासनसंग समन्वय गरेर काम गर्दा मलाई पनि आफुलाई गौरवको ब्यवसाय र सेवा गर्न पाएको महसुस भएको छ, पाठक भन्छन् ।  यहाँ अक्सिजन अभाव नहोस भनेर असिक्जनको ट्याङ्की ब्यवस्थापन गर्न पनि उनका लागि चुनौती थियो ।

जतिखेर कोरोना संक्रमणको महामारी र अस्पतालमा विरामीको चाप बढ्यो त्यो बेला त केहि रात २४ घण्टा नै खट्नु पर्यो, पाठक भन्छन् । साच्चै अक्सिजनको अभावले नै ज्यान जान अवस्था रहेका विरामीहरुको घरमा उनले आफै निक्कै ठाँउमा अक्सिजन पनि पुर्याए । म बाट आफ्नो परिवारको सदस्यको अक्सिजन कै कारण ज्यान बच्छ भनेर बुझेकाहरुले ठुलो अपेक्षा गरेका थिए र अघिकतम् त्यो अपेक्षा पुरा गर्न लागे, उनि भन्छन् ।

सामान्य तवरले अक्सिजनको विक्रेता भएर काम गरिरहदा कुनै दबाब र असजिलो नभएपनि कोरोनाको यो महामारीमा भने उनले ब्यवसायको महत्वमात्र बुझेनन् मानवीय सेवामा लाग्ने भावाना पनि धेरै नै आएको सुनाए । अस्पताल र घरमा अक्सिजनको कारण ज्यान बचेको विरामीले सुनाउदा आफुलाई यस ब्यवसायमा लागेकोमा गर्व अनुभुत भएको उनि बताउछन् । यो महामारीमा काम गर्दा धेरै रात अनिदो भइयो होला तर मलाई त्यो अनुभव भएन किनकी मैले धेरैको ज्यान बचाउन भुमिका खेलेजस्तो भयो, उनि भन्छन् ।

पाठक ब्यवसायमा मात्र अहिले सिमित छैनन् । लायन्स क्लव दमक लखनपुरको कोशाध्यक्ष पनि हुन् । उनले मानवीय सेवा र महत्वलाई आफुले अझ राम्ररी यो बीचमा बुझेको जनाए । दमकमा अक्सिजनको अभाव हुन दिन्न र म बाट अक्सिजन अपेक्षा गरेकाहरुलाई म निराश बनाउदिन भनेर म जुटिरहे र अहिले पनि जुटेको छु, उनि थप्छन् ।

https://www.facebook.com/prabhabkarikhabar/videos/3912578128809686