२०८१ चैत्र ४, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ झापाको कन्काई नगरपालिकाको सुरुगामा एकै परिवारका तीन जनाले आत्महत्या गरेकाछन् । कनकाई नगरपालिका १ का ४० बर्षिय रविन विश्वकर्मा उनकी श्रीमती २९ बर्षिय मुना विकले पासो लगाएर आत्महत्या गरेको र ८ महिनाकी छोरी रुविनालाई पनि संगै पासो लगाएको पाईएको प्रहरीले जनाएको छ ।

मृतक रविन वैदेशिक रोजगारीमा जानका लागि केहिदिन पहिले काठमाण्डौसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएको बताईन्छ । उनीहरुले एकसाथ झुण्डिएर नानीलाई समेत साथमा लिइ आत्महत्या गरेको प्रहरीको भनाई छ । प्रहरी घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ ।