२०८१ चैत्र ४, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ झापा दमकका ब्यवसायीहरुले कोरोना अवधिको कम्तिमा पनि तीन महिनाको ब्याज छुटदेखि लिएर बैंक तथा बित्तिय संस्थाहरुले लकडाउन खुलेको कम्तिमा तीन महिना आर्थिक एवं मानसिक तनाव सिर्जना नगर्ने अवस्था सिर्जना गर्न माग गरेकाछन् ।

दमक उद्योग बाणिज्य सघमार्फत उनिहरुले सरकार तथा सम्बन्धित निकायको ध्यानकर्षण गराकाहुन् । दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठलाई सन्दिप चापागाई दीपु, कृष्ण ओली, राम रिमाल ल गायतका १ सय ५० भन्दा बढि ब्यवसायीले लिखित रुपमा ज्ञापनपत्र बुझाएकाहुन् ।

पुर्ण लकडाउन तथा निषेधाज्ञा अवधीको कम्तीमा ३ महिनाको पूर्णरुपमा ब्याज छुट गर्ने व्यवस्था मिलाउन माग गरेका छौ, ज्ञापनपत्र बुझाउन गएका ब्यवसायी सन्दिप चापागाईले प्रभावकारी न्यूजसंग भने । कोरोना तथा निषेधाज्ञाले थिलथिलो भएको व्यवसाय सुचारु गर्न कम्तिमा पनि २० देखि २५ प्रतिशत ऋण सोही धितोमा दिने व्यवस्था मिलाउन समेत ब्यवसायीहरुको माग रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले साँवा ब्याजको लागी तागेता गर्ने कार्य पूर्ण रुपमा निषेधाज्ञा खुलेको कम्तीमा ३ महिना गर्नु नहुने पनि आफुहरुको माग रहेको ब्यवसायीहरुले बताएकाछन् । माग जायज रहेको र यस बिषयमा गम्भिर रुपमा आफुहरुले पहल गर्ने दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले बताए ।

यस्तो छ ब्यवसायीहरुको ज्ञापनपत्र

श्रीमान अध्यक्ष ज्यू
दमक उद्योग वाणिज्य संघ
दमक, झापा ।
विषय ः बैंक तथा वित्तिय संस्थाको कोभिड १९ को समयको ब्याज मिनाहा गर्न
पहल गर्ने सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा हामी व्यवसायीले गत साल कोभिड १९ सुरु भएयता नै व्यापारिक तथा आर्थिक रुपमा मार्का भोग्दै आएको यहाँलाई अवगत नै छ । व्यापार, व्यवसाय, उद्योग संचालन गर्न नपाउनु तर बैंक तथा वित्तिय संस्थाले मासिक किस्ता तथा ब्याजमा कुनै छुट नदिने तर उल्टै हामी केही व्यवसायीहरुलाई ब्याजलाई सावाँमा गाभेर लिने, विभिन्न माध्यमबाट किस्ता तथा ब्याज लिन दबाब दिने कार्य भइरहेको जानकारी गराइन्छ । विशेष गरी दमक नगरपालिकामा विगत लामो समयदेखि निरन्तर रुपमा निशेधाज्ञा लागु भएकोले यहाँका व्यवसायहरु थप पिडामा परेका छन ।
यस्तो अवस्थामा हामी व्यवसायले कोठा भाडा, घरगृहस्थी संचालन तथा आधारभूत आवश्यकता पुरा गर्नसम्म अफ्ठेरो परेको अवस्थामा बैंक तथा वित्तिय संस्थाले आर्थिक तथा मानसिक दबाब दिँदै आएको हामी व्यवसायीले यहाँमार्फत सम्बन्धित निकायमा निवेदन गर्दछौं कि बैंक तथा वित्तिय संस्थाले कोभिड १९ को समयमा सम्पूर्ण ब्याज मिनाहा गराउन पहल गरिदिन निवेदन गर्दछौं ।
यहाँहरु मार्फत हामीले नेपाल सरकारलाई ध्यानाकर्षण गराई राष्ट्र बैंकलाई पहल गर्ने साथै दमक नगरपालिकालाई ध्यानाकर्षण गराई बैंक, सहकारी तथा वित्तिय संस्थालाई पहल गरी हाम्रो मागलाई पूरा गर्नु हुन हार्दिक अनुरोध छ । अन्यथा अहिलेको अवस्थामा बैंक तथा वित्तिय संस्थाको ब्याज तिर्न र सावाँमा ब्याज जोडेर फेरी सावाँ बनाउने अवस्थामा हामीले तिर्नु पर्ने हुँदा हामी सम्पूर्ण उद्योगी व्यवसायीले हाम्रा उद्योग व्यवसाय ठप्प गरीे चाबी जिम्मा लगाउन बाहेक विकल्प छैन ।

हाम्रा मागहरुः
१. पुर्ण लकडाउन तथा निषेधाज्ञा अवधीको कम्तीमा ३ महिनाको पूर्णरुपमा ब्याज छुट गर्ने व्यवस्था मिलाईयोस् ।
२. बैंक तथा वित्तीय संस्थाहरुले साँवा ब्याजको लागी तागेता गर्ने कार्य पूर्ण रुपमा निषेधाज्ञा खुलेको कम्तीमा ३ महिना सम्म नगरीयोस् ।
३. कोरोना तथा निषेधाज्ञाले थिलथिलो भएको व्यवसाय सुचारु गर्न कम्तिमा पनि २० देखि २५ प्रतिशत ऋण सोही धितोमा दिने व्यवस्था गरीयोस् ।

बोधार्थ,
१. दमक नगरपालिका कार्यालय, दमक झापा ।
२. नेपाल राष्ट्र बैंक, विराटनगर ।
३. डिभिजन सहकारी कार्यालय, प्रदेश १ ।
यसमा पिडित व्यवसायीहरुको हस्ताक्षर समेत संलग्न गरिएको छ ।