२०८१ कार्तिक १८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

झापा । झापामा आज एकै दिन पाँच जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । त्यस्तै जिल्लामा आज १६९ जना नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

सङ्क्रमणबाट बिर्तामोड गाउँपालिका ९ का ८० वर्षीय पुरुषको बिर्ता सिटी अस्पतालमा, मेचीनगर नगरपालिका १२ की ८३ वर्षीया महिलाको होम आइसोलेसनमा, मेचीनगर ८ का ४७ वर्षीय पुरुषको मेची अस्पतालमा, कनकाई नगरपालिका ७ का ५० वर्षीया महिलाको मेची अस्पतालमा, र इलाम जिल्ला माई नगरपालिका १ का ५५ वर्षीय पुरुषको बिर्ता सिटी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५४९ पुगेको छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ५७३ जना रहेको कार्यालयले जनाएको छ ।