फिल्मि शैलीमा प्रदेश १ को राजनीतिक घटनाक्रम, मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त
दमक/ प्रदेश १ को राजनीतिक घटनाक्रम यति छिटो अघि बढ्यो की केहि घण्टाको अन्तरालमा नै मुख्यमन्त्री फेरबदल भएको छ । आज नै नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेतामा चयन भएका भीम आचार्य मुख्यमन्त्री भएकाछन् ।
प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनीयताको शपथ समेत लिएका छन् । बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
एमाले संसदीय दलका नेता शेरधन राईले राजीनामा दिएलगत्तै आचार्य मुख्यमन्त्री नियुक्त भएकाहुन् । फिल्मि शैलीमा प्रदेश १ को राजनीतिक घटनाक्रम अघि बढेको बताईन्छ ।
