लायन्स क्लब अफ इन्टरनेसनल ३२५ ए १ को उत्कृष्ट सुरुवात-रेवतबहादुर कार्की
दमक/ लायन्स क्लब अफ इन्टरनेसनल 325 A1 का गर्भनर रेवतबादुर कार्कीले लायन्स क्लबहरुले छोटो समयमा राम्रा थुप्रै कार्यक्रमहरु गरेको बताएका छ्न । उनले मनदेखी सेवा गर्न लायन्सकर्मी अग्रसर रहेको जनाए ।
झापाको दमकमा आज भएको लायन्स क्लबहरुको पदस्थापन तथा प्रस्तुतीकरण कार्यक्रममा उनले अब लायन्स क्लबहरुले गुणस्तरीय कार्यक्रममा जोड दिनु पर्ने उल्लेख गरे ।
कार्कीले करिब दुई महिनाको अबधिमा लायन्सक्लबहरुले उल्लेख्य सेवा गरेको जनाए । नेपालमा 325 डिस्ट्रीक मल्टिपल अन्तरगत ३२५ A1 हरेक क्षेत्रमा अब्बल रुपमा अघि बढेको उनको भनाइ थियो ।
