लायन्समय दमक-एकैसाथ ७ वटा क्लवको पदस्थापन

दमक/ झापाको दमकमा ७ वटा क्लवहरुको एकैसाथ इन्डक्सन, चार्टर प्रिजेन्टेशन एण्ड इन्स्टलेसन कार्यक्रम भएको छ । लायन्स क्लव अफ ३२५ ए वानका गर्भनर रेवतबहादुर कार्कीको उपस्थितिमा इम्प्याक्ट २ (ज्ञानु पौड्याल) र रिजन ३ (दिवस राई) अन्तरगतका क्लवहरुको संयुक्त रुपमा कार्यक्रम भएको हो । यसमा विष्णु पौड्याल र रेगिना भट्टराईको जोन पर्दछन् ।
सो अवसरमा डिस्ट्रिक गर्भनर रेवतबहादुर कार्कीले यो ईम्प्याक्ट अन्र्तगत दमकका क्लवहरुले यो छाटो अवधिमा अनुकरणिय कामहरु गरेको भन्दै प्रशंशा गरे । उनले अझ थप उत्साहका साथ क्लवहरु अघि बढ्नेमा आशाबादी रहेको उनको भनाई थियो ।
पुर्व डिस्ट्रिक गर्भनर तथा लायन्स ईन्टरनेशनल ३२५ मा कोभिड सम्बन्धिका परियोजनाहरुको कोअर्डिनेशन गर्दै आएका लिला ढुंगेलले क्लवलको सक्रियता र कार्य गराईले आफुपनि प्रभावित भएको बताए ।