लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए वानका गर्भनर कार्की सहित लायन्स लिडरहरु दमकमा ब्यस्त
क्लवहरुको इन्डक्सन, प्रेजेन्टेशन एण्ड इन्स्टलेसन
दमक/ लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए वानका डिस्ट्रिक गर्भनर रेवतबहादुर कार्कीले दमक तथा पुर्वका लायन्स क्लवहरुको रचनात्मक र सेवामुखि कार्यले यो डिस्ट्रिकलाइ नै छोटो समयमा अब्बल रुपमा उभ्याउन सफल भएको बताएकाछन् ।
कार्कीले यसरी नै अघि बढ्न अनुरोध गर्दै गुणस्तरीय कार्यक्रमहरु अघि सार्न र केहि नहुनेका लागि सहारा बन्न आग्रह गरे । लायन्सको उदेश्य अनुसार जहाँ मानिसहरु अप्ठेरोमाछन् त्यहाँ सेवाको हात पुर्याउन सक्छनुपर्छ, उनले भने ।
आज आईतवार लायन्स क्लव अफ इस्र्टन लाइन, लायन्स क्लव अफ गोल्ड, लायन्स क्लव अफ धनेश्वर, लायन्स क्लव अफ हेल्पिङ हर्टस सहित काशि खाती जोन अन्र्तगत रहेका लियो क्लवहरुको इन्डक्सन, प्रेजेन्टेशन एण्ड इन्स्टलेसन कार्यक्रममा उनले यस्तो बताएकाहुन् । यो जोन अन्र्तगतका क्लवहरु लायन्सबर्षको पहिला महिना नै उत्कृष्ठ ठहरिएको समेत बताईन्छ ।
कार्कीले एमाजिक लगायतको लायन्सका फन्डहरुमा सहयोग गर्न पनि लायन्सकर्मीहरुलाई अपिल गरे । उनले उक्त फन्ड फिर्ता आउने र त्यसबाट यही प्रोजेक्टहरु बन्ने पनि बताए । दमक लायन्सकर्मी तथा लायन्स क्लवहरुकालागि उर्वर भूमि बन्दै गएको पनि उनको भनाई थियो ।
गर्भनर कार्की सहित लायन्स लिडर तथा पुर्व डिस्ट्रिक गर्भनर लिला ढुंगेल लगायतका लायन्सका अगुवा लिडरहरुको तीन दिन अघि देखि दमकमा नै रहेकाछन् । पुर्व डिस्ट्रिक गर्भनर ढुंगेलले दमकमा लायन्सकर्मीहरुको गतिविधि र उत्साह गर्भ गर्न लायक भएको बताउदै आएकाछन् ।

दमकका बिभिन्न क्लवहरुको पदस्थापन तथा चार्टर कार्यक्रमहरु रहेको ईम्प्याक्ट चिफ ज्ञाननाथ पौडयालले बताए । केहि नयाँ क्लवहरु खुलेकाछन् भने पुराना निष्क्रिय रहेका क्लवहरु पनि दमकमा सक्रिय भएकाछन् । दमकमा बिभिन्न कार्यक्रमहरुमा लायन्स लिडरहरु ब्यस्त रहेकाछन् ।

