२०८३ कार्तिक ४, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापाको दमकमा झण्डै दूई दर्जन लायन्स क्लवहरु सेवामा सक्रिय रहेकाछन् । पुराना क्लवहरुको पदस्थापन र नयाँ क्लवहरुको चार्टर भएकाछन् । लायन्स क्लव अफ ईन्टरनेशन ३२५ ए वानका डिस्ट्रिक गर्भनर रेवतबहादुर कार्कीको उपस्थितिमा दुई दर्जन क्लवहरुको नै पदस्थापन तथा चार्टर सम्पन्न भएको छ ।

कार्की सहित पुर्व लायन्स गर्भनर तथा कोभिड परियोजनाका मल्टिपल चियरपर्सन लिला ढुंगेल पनि साथमा नै रहेकाछन् । डिस्ट्रिकको महत्वपुर्ण र सक्रिय लिडरहरुको नै उपस्थिति दमकमा भएर तीन दिनसम्म लगातर कार्यक्रम भएको यस क्षेत्रका ईम्प्याक्ट चिफ ज्ञानु पौड्यालले बताए ।

डिस्ट्रिक गर्भनर कार्कीले समाजमा देखिने र समाजमा गर्नै पर्ने सेवाका कार्यक्रमहरु लायन्सहरुलाई गर्नका लागि अभिप्रेरीत गर्दै आएकाछन् । उनको कार्यकाल शुरुवात देखि नै क्लवहरुसंग प्रत्यक्ष उनको समन्वय रहदै आएको छ । यसले गर्दा दमकका क्लवहरु निक्कै सक्रिय पनि रहेकाछन् ।

तीन दिवसिय कार्यक्रम आजबाट सकिएको चिफ लायन्स गर्भनर एड अजयकुमार अग्रवालले बताए । यो बीचमा फुड बैंकको खाद्यन्न बितरण लगायतका सेवाका कार्यक्रमहरु पनि भएको उनले जानकारी दिएकाछन् ।

नयाँ तथा पुराना क्लवहरुले सामाजिक क्षेत्रमा तथा जहाँ आवश्यकता त्यहाँ सेवामा सधै आफुहरु हाजिर हुने साझा प्रतिबद्धता जनाएकाछन् । गर्भनर तथा लायन्स लिडरहरुको साथ एवं उपस्थितिले थप उर्जा सहित काम गर्ने हौसला मिलेको लायन्स जोन चिय पर्सन तुलसिराम तिम्सिनाले बताए ।