२०८३ कार्तिक ३, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापामा दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ । हिजो बेलुकी झिलझिलेमा भएको सवारी दुर्घटनामा स्थानीय एक महिलाको मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्ग अन्तरगत शिबसताक्षी– ११ स्थित झिलझिलेमा हिजो बेलुका ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र–२ –०३–००१ ख ४२३० नम्बरको ट्रक (लहरी) ले शिवसताक्षी नगरपालिका ८ निवासी ३३ वर्षीया सुनिमा राई (साईकल यात्री) लाई ठक्कर दिएको थियो ।

दुर्घटना परी गम्भीर घाइते भएकी राईलाई उपचारका लागि बिर्तामोड पठाउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  दुर्घटना गराउने सवारी सहित सवारी चालकलाई नियण्त्रणमा लिईएको पनि प्रहरीले जानकारी दिएको छ ।