नेपाली काँग्रेसको महामन्त्रिमा विश्वप्रकाश शर्माको दाबी, उम्मेद्वारी घोषणा
दमक/गगन थापाले महामन्त्रिमा आफ्नो उम्मेद्वारी घोषणा गरेको एकसाता नबित्दै नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेकाछन् । दुबै जना काँग्रेसमा प्रभावशाली युवा मानिन्छन् ।
विपि कोइरालाको जन्मजयन्तीको अवसर पारेर शर्माले महामन्त्री उठ्ने घोषणा गरेकाहुन् । शर्मा काँग्रेसको प्रवक्ता पनि हुन् । शर्मा देउवा निकट मानिन्छन् । नेपाल बिद्यार्थी संघको केन्द्रीय अध्यक्ष समेत भइसकेका उनलाई देउवाले प्रवक्ताको जिम्मेवारी दिएका थिए ।
काँग्रेस केन्द्रीय समितिमा दुई जना महामन्त्री हुने ब्यवस्था रहेको छ ।
