दमकको लाईफलाईन अस्पतालमा B समुहको प्रयोगशाला सञ्चालन अनुमति
दमक/ झापाको दमकस्थित लाईफलाइन अस्पतालको प्रयोगशालाको B समुहको अनुमति पाएको छ । अस्पतालले (B) वर्गको अनुमति पाएको र यो यस क्षेत्रका लागि उपलब्धि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुर्यनारायण शाहले बताए । B समुहका प्रयोगशालाहरु जिल्लामा कमैमात्र रहने गरेको बताईन्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यो अनुमति दिएको हो । यसका बिभिन्न मापदण्डहरु तोकिएको जनाईएको छ ।
सरकारले प्रयोगशाला अनुगमन गरेर न्यूनतम E देखि अधिकतम A सम्म अनुमति दिने गरेको छ । ५१ देखि २ सय बेड क्षमताका अस्पतालहरुमा यो स्तरको प्रयोगशाला आवश्यक पर्ने जनाईन्छ । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ मा स्पष्ट रुपमा प्रयोगशालाहरुको प्रकार र यो कस्तोले पाउने उल्लेख छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्थलगत अनुगमनको आधारमा उक्त प्रयोगशाला संचालनको लागि “स्वास्थ्य संस्था संचालन मापदण्ड २०७७” अनुसार आवश्यक न्युनतम मापदण्ड पुरा गरेको पाइएकोले यसैसाथ संलग्न तोकिएका सेवा सर्तहरु पुरा गर्ने गरी “B” समुहको प्रयोगशाला सञ्चालन गर्न “जनस्वास्थ्य सेवा नियमावली २०७७” को नियम १२ को उपनियम (५) बमोजिम पाँच वर्षको लागि यो इजाजतपत्र दिइएको इजाजतपत्रमा उल्लेख छ ।

