२०७८ अशोज २, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ दिन अगाडि

दमक/ पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलवार गृहजिल्ला झापा आउने भएपछि यसका लागि आवश्यक तयारी पुरा भएको बताईएको छ । एमालेले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्न ओली झापा आउन लागेका हुन् ।

विर्तामोडको सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठकले जानकारी दिएकाछन् । उनका अनुसार सयौ नेता कार्यकर्ता उनको स्वागतको तयारीमा लागेकाछन् ।