२०७८ अशोज २, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ दिन अगाडि

दमक/ झापा कन्काइ नगर पालिका वार्ड ७ माइतघर भएकी एक महिला हराएपछि उनको परिवारजन तथा आफन्तले खोजिदिन आग्रह गरेकाछन् । २७ बर्षिया जानुका नामले चिनिने पबित्रा घिमिरे दाहाल आफ्नो ४ बर्ष को छोरा सहित भदौ १९ गते देखि हराईरहेकीछिन् ।

आफ्नो दीदि, भिनाजुको घर झापा धुलाबारीबाट भान्जीको घर सुरुङा जान्छु भनेर पश्चिमतर्फ बसमा चढेकी उनि त्यहि दिनदेखि हराईरहेको जनाईएको छ । सामाजिक सञ्जालमार्फत पनि उनको खोजी कार्य भइरहेको छ ।

आफन्त तथा सबैतिर खोज्दा पनि अहिलेसम्म महिला सहित बालक नभेटिएको भन्दै देख्नेहरुले नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन आफन्तहरुले आग्रह गरेकाछन् । अहिलेसम्म उनको कुनै अत्तोपत्तो नभएपछि परिवार चिन्तामा रहेको छ ।